भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
चितवन, १६ फागुन ।चितवनस्थित सेल्फी खिच्दा खसेर दुई युवती नारायणी नदीमा बगेका छन्। आइतबार दिउँसो दुई युवती नदीको किनारामा गएर सेल्फी खिच्न खोज्दा बगेका हुन् । यद्यपी एकजनाको जिवितै उद्धार भए अर्की नदीमा हराई रहेको प्रहरीले जनाएको छ ।नवलपरासी गैंडाकोट नगरपालिका–१६ का १८ वर्षीया नम्रता सापकोटालाई जिवितै उद्धार गरिएको भएपनि सोही ठाउँकी १८ वर्षकी नै विस्मृती ज्ञवाली भने नदीमा हराई रहेकी हुन् ।बग्दै गएको देखेपछि नदी किनारमै रहेका श्याम थापाले पौडेर नम्रतालाई निकालेका थिए। विस्मृतीको अहिले पनि खोजी जारी रहेको प्रहरीको भनाइ छ
0 comments:
Post a Comment