Prime Minister Oli was fired due to the behaviour of others ministers

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस



काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक साक्षार राष्ट्र बनाउनु पर्ने बताएका छन् । शिक्षा मन्त्रालयले आइतबार ललितपुरमा आयोजना गरेको ‘सङ्घीय नेपालको नयाँ शिक्षा नीतिका लागि राष्ट्रिय शिक्षा आयोग’ विषयको राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सबै नेपाली साक्षर, शिक्षित र दक्ष बनाउने गरी नयाँ शिक्षा नीति तर्जुमाका लागि सम्बन्धित पक्षलाई आग्रह गरे ।
एक्काइसौँ शताब्दीमा हाम्रो देशमा अझै नागरिक निरक्षर भन्नु पर्दा लाज लाग्ने अवस्था रहेको भन्दै अब नपढेको मान्छे नेपालमा हुँदैन भन्न सक्ने आधार खडा गर्नुपर्ने धारणा राखे । शिक्षाले मानिसलाई गुण, आचरण, व्यवहार, स्वभाव र संस्कारमा उन्नत बनाई समाज र परिवारका निम्ति गुणवान् बनाउन सक्नुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले विद्यार्थीलाई उनीहरुको प्रतिभा र रुचिअनुसारको शिक्षा दिलाउनुपर्नेमा जोड दिए।
शिक्षामा विदेशीको नक्कल गर्ने परम्परा अन्त्य गरी राम्रा कुरालाई मौलिक ढङ्गले अनुसरण गर्न आग्रह गरेका उनले शिक्षा सेवाको विषय भएकाले यसलाई पसल (व्यापार) को विषय नबनाउन पनि आग्रह समेत गरे ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment