भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
काठमाडौं, फागुन ७ - शुक्रबार टुँडिखेल नजिकै मोटरसाइकलले ठक्कर दिँदा एक महिला घाइते भएकी छन् ।
सैनिक मञ्चको पूवी–उत्तर कुनासँगैको जेब्रा क्रसिङबाट बाटो काट्दै गर्दा घन्टाघरतिरबाट आएको पल्सर बाइक उनको शरीरमाथि आएर ठोक्कियो ।बा ४१ प ६८७२ नम्बरको पल्सर बाइकको ठक्करबाट अनामनगर घर भएकी सुधा खरेल घाइते भएकी छन् । प्रहरीले मोटरसाइकलको ठक्करबाट टाउकोमा चोट लागेकी सुधाको वीर अस्पतालमा उपचार भइरहेको जनाउँदै उनको स्थिति खतरामुक्त रहेको बताएको छ।उक्त दुर्घटनामा मोटरसाइकलमा सवार सुरेन्द्र महर्जन पनि घाइते भएका छन् । घाइते महर्जनको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ।
0 comments:
Post a Comment