भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |
बुटवल १० सुख्खानगरमा स्थित एभरेष्ट उच्च माविमा पढ्ने छात्र अनिल कुमार चौधरीले बाथरुममा पासो लगाएर आत्म हत्या गरेको घटनाको यथार्थमा कसैले चासो देखाएको छैन् ।
फागुन १४ गते छात्रावासमा बस्ने अनिलले सिरकको खोल च्यातेर पासो बाथरुममा पासो लगाएका थिए ।
होस्टलमा बस्दै आएका १४ बर्षिय चौधरीले १४ गते राती ११ बजे झुण्डिएको अबस्थामा फेला परेका थिए ।
घटना घटेको ३ दिन वितिसक्दा पनि के कारणले आत्महत्या गरेको भन्नेमा कसैले पनि चासो नदेखाउँदा घटनाको यथार्थता बाहिर आउन सकेको छैन् ।
ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी महेन्द्र खड्काले हत्या भन्ने कुनै शंका नदेखिएको बताए । दैनिकनेपाल सँग कुराकानी गर्दै उनले पोष्ट मार्टमको रिपोर्ट अझै नआईसकेपनि गलामा पासोको डाम र नाकबाट सिगान प्रष्ठ आएको देखिएकाले कुनै शंका नगरेको प्रष्ट पारे ।
“सोही बेलुकी चौधरीले होस्टेलका साथीहरु सँग हासो मजाकमा छडको डण्डा ल्याएर सवलाई मार्छु भन्दै” अभिनय गरेको उनका साथीहरुले बताएका थिए । डिएसपी खड्काले भने–“पछि त्यहि डण्डी र सिरकको खोल (लफेरो) टाउकोमा बाधेर बाथरुम छिरेका उनी पछि मृत्य भेटिएको बुझियो ।”
उनी कपिलबस्तु कृष्णनगर घर भएका विद्यार्थी हुन । उनी यसै बर्ष मात्र विद्यालयमा कक्षा ६ मा भर्ना हुन आएका विद्यार्थी हुन । विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले घटनाको अनुसन्धान भइरहेको बताए । “अभिभावक र प्रहरी आएर सवै कुरा बुझ्नु भएको छ, पोष्टमार्टमको रिपोर्ट पनि आउन बाँकी छ ” उनले भने ।
प्राचार्य न्यौपानले विद्यार्थीहरु कसैसँग केही झगडा, मनमुटाव त्यस्तो केही नभएको उनले बताए
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


0 comments:
Post a Comment