europe union gives danger decision to nepal

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस


नेपालको संविधानमाथि नाङ्गो हस्तक्षेप गर्दै भारत र युरोपियन युनियनले बेल्जियमबाट संयुक्त बिज्ञप्ति जारी गरेको घटना सेलाउन नपाउँदै सोमबार ब्रसेल्सबाट अर्काे कडा वक्तव्य आएको छ ।ब्रसेल्समा केन्द्रीय कार्यालय रहेको विश्वका गतिबिधिलाई अध्ययन गर्ने र रिपोर्ट सार्वजनिक गर्ने इन्टरनेशनल क्राइसिस ग्रुपले मधेसी मोर्चाका माग संविधानमा सम्बोधन नगरेसम्म नेपालको स्थानीय निकायको निर्वाचनलाई सहयोग नगर्न अन्तराष्ट्रिय समुदाय (दाता)लाई अपिल गरेको हो ।उसले आन्दोलनरत दलहरुको सहमति विना निर्वाचन भए सहयोग नगर्न दाताहरुलाई आग्रह गरेको छ । भारतीय प्रभावमा रहेको क्राइसिस ग्रुपले नेपालको संविधान र स्वतन्त्र मुलुकमाथि अर्काे नाकाबन्दी गर्न दाताहरुसँग आग्रह गरेको छ ।ग्रुपले नेपालका आन्दोलनकारीका मागप्रति चाँसो दिन भारतलाई सुझाव पनि दिएको छ । नेपालको मामिलामा हस्तक्षेप गर्न उसले घुमाउरो पारामा अन्तराष्ट्रिय समुदाय र भारतलाई आग्रह गरेको छ । आइसिजेले आज आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै स्थानीय निकायको निर्वाचनमा नसघाउन र भारतलाई समस्या सुल्झाउन आग्रह गरेको छ ।संविधान जारी भएपछि मधेस आन्दोलनका क्रममा ५७ जनाको ज्यान गएको बताउदै मधेस आन्दोलनकारी र भारतको आंशिक सहयोगबाट गरिएको नाकाबन्दी अन्त्य भएपनि अझै मधेसमा आन्दोलनको पुनर्उत्थान हुने खतरा कायमै रहेको रिपोर्टमा उल्लेख छ ।संयोग नै भन्नुपर्छ आजै परराष्ट्र मन्त्रालयले भारत–इयु संयुक्त वक्तव्यमा नेपालको संविधानमा कुरा उठाएकोबारे युरोपियन युनियनका राजदूतसँग स्पष्टिकरण लिएको थियो ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment