भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |
रुपन्देहीमा सात वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।रुपन्देही हाटिबनगाई ४ का १७ वर्षीय सन्जय कुँवरलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले स्थानीय बालिकालाई चकलेट दिने बहानामा आफ्नो घरमा बोलाएर बलात्कार गरेकाले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर कार्कीले जानकारी दिए ।बलात्कार गरेपछि कुँवर फरार भएको र जिल्लाको अमवा गाउँस्थित बाजे बाजैको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको डिएसपी कार्कीले बताए ।कुँवर माथि जिल्ला अदालत रुपन्देहीमा जबरजस्ती करणी मुद्दा दर्ता गरी थप म्यादमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


0 comments:
Post a Comment