holi celebration with other people in karishma house

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

काठमाडौं, ९ फागुन । रंगीन दुनियाँकी सदाबहार नायिका करिश्मा मानन्धरलाई रंगीन पर्व होली मज्जैले लाग्छ । उनी अरु पर्वमा के गर्छिन, के खान्छिन् थाहा हुँदैन, तर उनी होलीमा कलाकारदेखि पत्रकार सबैलाई आफ्नै निवासमा बोलाउँछिन् र होली मनाउँछिन् । गत वर्ष होली नमनाएकी मानन्धरले यस वर्ष भनेर खुलेर होली मनाएकी छन् । उनको होली निम्तोलाई मानेर नेपाली सिने नगरिका अधिकांश कलाकार उनको निवासमा पुगेका छन् ।नेपाली सिनेमाको ठूलो पर्दादेखि सानोपर्दासम्म जमेका धेरै कलाकार करिश्मा निवासमा पुगेर आफ्नै तरिकाले होली मनाएका छन् । पछिल्लो समय नेपाली सिनेमामा जम्दै गरेकी नायिका रजनी केसीदेखि सिने नगरीमा जमेकी नायिका रेखा थापासम्मका नायिकाहरुले रंग दल्न भ्याए भने । सानोपर्दाका धुर्मुस सुन्तलीलगायतका कलाकारले नाचेर होली पर्व मनाएका छन् ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment