she call him for breakfast and make him to give all the things

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस



ग्दी, २ चैत। खाजा खान बोलाएकी एक युवतीले नसालुपदार्थ खुवाएर बेनीको हाडेभिरमा व्यवसाय गर्दै आएका कुलदीप जुक्जालीका साथमा रहेको सुन, मोबाइल टेलिफोन र पैसा लुटेकी छन् ।
सोमबार साँझ बेनीको ‘पुन होटल एन्ड नान हाउस’मा खाजा खान जाँदा आफ्ना साथमा रहेको १० तोला सुनलगायत सामान लुटिएको पीडितले बताएका छन् । खाजासँगै मगाइएको रक्सीमा लठ्याउने पदार्थ मिसाएर खुवाइएपछि आफू बेहोस भएको र आफ्ना तीन तोलाको औंठी, चार तोलाको सुनको सिक्री र दुई तोलाको हातमा लगाइएको चेनलगायत लुटेर युवती फरार भएकी जुक्जालीले बताए ।
पीडितको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । खाजासँगै रक्सी खाएका जुक्जाली बिहानमात्रै बिउँझिएका थिए ।लोकदोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्षसमेत रहेका जुक्जालीको ती युवतीसँग कृषि औजार कारखानामा भेट भएको थियो । सामान किन्न आएकी युवतीले भिजिटिङ कार्ड लगेपछि उनीहरुबीच दुई÷तीन दिन फोनमा कुरा भएको थियो ।
कपाल खैरो पारिएको, सेतो प्यान्टस् र सेतो स्विटर लगाएकी पातलो शरीर भएकी युवतीको हुलियाका आधारमा अहिले खोजी भइरहेको छ ।अरबी भाषा बोल्ने अन्दाजी २० वर्षकी ती युवतीले जुक्जालीसँग आफ्नो घर म्याग्दीकै दोवा भएको बताएकी थिइन् । घटनाको जानकारी पाएलगत्तै अनुसन्धान र युवतीको खोजीमा प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुङले बताए ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment