भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
झापा, २७ फागुन । सरकार परिवर्तनको बहस सुरु भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन गर्न खोज्नेहरुलाई संसदमा आवश्यक संख्या पुर्याउन चुनौती दिएका छन् ।
एमाले मेची अञ्चल समन्वय कमिटीले आयोजना गरेको मेची पर्यटन प्रवर्द्धन अभियानको उद्धघाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार परिवर्तन कसैले इच्छा नहुने भन्दै त्यसका लागि संसदमा भोट जित्नुपर्ने धारणा राखे । आफूलाई कसैले टीका दक्षिणा गरेर प्रधानमन्त्री पद नदिएको भन्दै उनले आफू प्रधानमन्त्रीको लाइनमा थपिन मात्र पदमा नगएको बताए । नागरिकका दुःख हटाउने कार्यक्रम र योजना ल्याउने उनको भनाइ छ ।
एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कांग्रेसप्रति लक्षित गर्दै गणतन्त्र ल्याउने भनेर कसैलाई गणतन्त्रका पिता, कसैलाई संविधानका पिता भनेर पगरी गुथाएको तर, नेपालमा गणतन्त्र र जनताको संविधान नेकपा एमालेको अगुवाइमा भएको दाबी गरे । उनले झापा बिद्रोह गर्दा नै आफूहरुले राजतन्त्रको उन्मुलन र जनताको संविधान जारी गर्ने लक्ष्य राखेको दाबी गरे ।
0 comments:
Post a Comment