Medicine that cares many diseases

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस



काठमाडौं । मेथी हामी धेरैको भान्छामा प्रयोग हुने गर्छ । भुटुनमा मेथी पड्काउनाले तरकारी तथा अचार बास्नादार र स्वादिलाने बन्छ । यो बाहेक मेथीको अन्य प्रयोग पनि गरिन्छ । सबैलाई मेथीको स्वाद मन नपर्न सक्छ । तर, मेथीले मानिसको स्वास्थ्यमा पार्ने प्रतिकुल असर भने सबैलाई मन पर्न सक्छ । फरक यति होकी कतिलाई मेथीका फाईदा बारे थाहा छ कतिले थाहा पाएका छैनन् । यदि त्यसो हो भने मसलाकोरुपमा प्रयोग हुने मेथीका १० फाइदाका बारेमा जानी राखौं ।१. कपाल झर्न रोक्छ मेथीको दानामा कपाललाई मजबुद गर्ने क्षमता हुन्छ । यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ जसले हाम्रो शरीरलाई पनि उर्जा दिन्छ । यसको पेष्ट बनाएर नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा यसले कपाल झर्न रोक्छ ।२. चायाँबाट मुक्ति :यदि तपाइँलाई चायाँको समस्या छ भने मेथी तपाइँका लागि अचुक औषधी बन्छ । टाउकाको छाला सुख्खा भएर समस्या भयो भने मेथी त्यसका लागि सरल घरेलु उपाय हो । मेथीमा दही मिसाएर पेष्ट बनाउनुस र यसलाई कपालको जरा सम्म पुग्ने गरी लगाउनुस् । अलि अलि मसाज गर्नुस् । ३० मिनेटपछि धुनुस् तपाइँको कपालमा चायाँक समस्या तत्काल समाधान हुन्छ ।३. डन्डीफोर नियन्त्रण :मेथीका दाना डन्डीफोर नियन्त्रणका लागि पनि निक्कै उपयोगी मानिन्छ । यसले छालाको एमिडर्मिस तहमा रहेको टक्सिनलाई निकाल्छ र डन्डीफोरको दाग समेत हटाइदिन्छ । डन्डीफोरले दिक्क पारेको छ भने मेथी तपाइँका लागि अचुक औषधी हो । मेथीका दाना पिस्नुस् र पेष्ट बनाउनुस् यसमा थोरै मह हाल्नुस् । मेथी र महको पेष्ट सुत्नु अघि अनुहारमा लगाउनुस् विहान उठेर चिसो पानीले धुनुस् । डन्डीफोरको समस्या समाधान हुन्छ ।४. मोटोपनको नियन्त्रण :मेथीमा उच्च मात्रामा फाइवर हुन्छ । यसले पाचन प्रणालीमा सहयोग गर्छ । यसले शरीरलाई चाहिने भन्दा बढी क्यालोरी पनि कम गर्दिन्छ । विहानमा एक गिलास मेथीको पानी पिउनुस् यसले शरीरलाई अत्यन्तै फाइदा गर्छ ।५. चम्किलो त्वाचा :अनुहार चम्किलो पार्न चाहनु हुन्छ भने मेथी तपाइँलाई चाहिने चिज हो । मेथीको दानाले शरीरमा रहेका विभिन्न फ्रि रेडिकल्सलाई बाहिर निकाल्छ । मेथीको दानाको पेष्ट बनाएर लगाउँदा अनुहारमा रहेका काला घेरा र अन्य समस्या समेत हट्छन् । यसले छालाको कलर टोन बढाउँछ एवं मृत तन्तुहरु हटाउँछ त्यसकारण अनुहार चम्किलो देखिन्छ

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment