LIVE football match Nepal vs Malaysia

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

काठमाडौं, १४ चैत - नेपाली राष्ट्रिय टोलीले मलेसियाको २२ वर्षमुनिको टोलीसँग आइतबार मैत्रीपूर्ण फुटबल खेल्दैछ। नेपाल र मलेसियाबिचको खेल नेपाली समय अनुसार बेलुका पौने सात बजे मलेसियाको सेरेबनमा हुनेछ। राजधानी क्वालालम्पुरबाट एक सय किलोमिटर टाढा रहेको सेरेमबनको टुअंकु अब्दुल रहमान रंगशालमा नेपाली टोली नयाँ प्रशिक्षक ग्योतोकु कोजीको प्रशिक्षणमा पहिलो पटक खेल्ने छ। बंगबन्धु गोल्डकपको उपाधि र दक्षिण एसियाली खेलकुद सागको फुटबलमा स्वर्ण पदक जितेको नेपाली टोलीले त्यसपछि पहिलो पटक खेल्न लागेको हो। विराज महर्जनको कप्तानीमा रहेको नेपाली टोलीमा भरत खवास, विजय धिमाल, विकेश कुथु, विशाल राई, विशाल श्रेष्ठ, विश्वास श्रेष्ठ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, हेमन गुरुङ, जगजित श्रेष्ठ, जितेन्द्र कार्की, कमल श्रेष्ठ, किरण लिम्बु, मानबहादुर तामाङ, नवयुग श्रेष्ठ, प्रकाश बुढाथोकी, रविन श्रेष्ठ, रञ्जन विष्ट, रञ्जित धिमाल, सुजल श्रेष्ठ, सुन लामा र सुनील बल रहेका छन्।पूर्व निधारित कार्यक्रम अनुसार आज दुवै देशका राष्ट्रिय टोलीबिच खेल हुनु पर्ने भएपनि प्राविधिक कारणले २२ वर्षमुनिको टोलीसँग नेपाली टोलीले खेल्न लागेको हो। दुवै देशका प्रशिक्षक तथा कप्तानले खेलका लागि तयार रहेको पनि बताएका छन्। मलेसियासँगको खेलका लागि नेपाली टोली गएको शुक्रबार गएको हो।  

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment