HE WAS IN PRISON FOR 8 YEARS

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

३३ बर्षका योगेशलाई २०५५ सालमा एक्कासी  काम्ने र मुर्छा पर्ने लक्षण देखिएको थियो । परिवारले उनलाई उपचारको लागि नेपालका विभिन्न अस्पतालहरु लगे, तर रोग निको भएन । औषधी खाउन्जेल केही कम हुने,त्यसपछि पूरानै अवस्थामा आउँने योगेशका बुबा भक्ति दाहालले बताउँनुभयो । योगेशलाई उपचारको लागि भारतको सिक्किम र राँचीसम्म पु¥याइए पनि केही पार नलागेपछि छिमेकीको सहयोगमा खोरमा राखिएको बताउनुभयो ।योगेसको उपचारका क्रममा अलिकति भएको खेत पनि सकिएको बुवा भक्तिको दुखेसो छ । थप उपचारको लागि खर्चको अभावमा उपचार गर्न नसकेपछि छोरालाई खोरमा राख्न बाध्य भएको उहाँले बताउँनुभयो । खोरभित्र रहेका योगेश बेला बेलामा काम्ने गरेका छन् । सोधेको कुरा राम्रोसंग भन्न सक्ने उनी खोर बाहिर आउदा मानिसलाई झम्टिने र कुट्ने गर्छन् । उनको यो व्यवहारले गाँउ नै त्रसित बनेको छ । आईएसम्म अध्ययन गरेका योगेशले राम्रो उपचार पाए पहिलेकै अवस्थामा आउने परिवारको झिनो आशा भने अझै कायम छ । त्यसैले छोराको उपाचारका लागि आवश्यक सहयोग गर्न योगेशका वुवाले सरकारसंग माग गर्नुभएको छ । यसैबीच राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले योगेशको उपचारका लागि पहल गरिदिने आश्वासन दिएको छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment