congress minister was found dead in chitwan

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस


चितवन, १० चैत । नेपाली काँग्रेस दारेचोक गाविसका पूर्व सभापति मित्रलाल त्रिपाठीको शव भेटिएको छ । दारेचोक गाविस–४ बस्ने वर्ष ५६ का त्रिपाठी चैत ७ गते त्रिशूली नदीमा नुहाउन जाँदा बेपत्ता हुनुभएको थियो।बेपत्ता त्रिपाठीको शव आज बिहान चण्डीभञ्ज्याङ गाविस–६ कालिखोलास्थित त्रिशूली नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।पार्टीको गाउँ कमिटीमा चार कार्यकाल सभापति भइसक्नु भएका त्रिपाठी, नेपाल रेड्क्रस सोसाइटी चितवन शाखा सदस्य, सामुदायिक सेवा केन्द्र दारेचोकका अध्यक्ष, स्थानीय शान्ति समिति दारेचोकका संयोजकलगायत विभिन्न सङ्घ संस्थामा आवद्ध हुनुहुन्थ्यो ।काँग्रेस पार्टी चितवनले त्रिपाठीको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ । सभापति जितनारायण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा निर्वतमान सभापति त्रिपाठीको निधनले काँग्रेस चितवनले एक कर्मठ र जुझारु नेतृत्व गुमाएको उल्लेख गरिएको छ ।यसैबीच आज बिहान भरतपुर उपमहानगरपालिका–१ मा एक वृद्धाको बेवारिसे शव फेला परेको छ । अन्दाजी ७०-८० वर्षको देखिने शव नारायणी नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment