after kidnapped he was killed dangerly

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस



पाँचथर,-  ३३ वर्षका व्यवसायी दिनेश रेग्मी रवि बजारबाट सप्तमी बजारतर्फ जानेक्रममा फयताप–५ इलाममा उनको हत्या भएको हो । चैत्र १ गते दिउँसो ३ बजे मोटरसाइकलमा व्यावसायिक कामका लागि सप्तमी जाँदै गर्दा उनी सम्पर्क बाहिर भएका थिए ।चैत्र २ गते बेलुका फ्यतापमा मोटरसाइकल र मोबाइल फेला परेपछि खोजतलासको क्रममा आज रेग्मीको शव फेला परेको छ । उनको शरीरमा नीलडाम हुनुका साथै टाउको र हात खुट्टामा गहिरो चोट लागेको छ । हत्या भएको आसपासमा डोरी तथा ढुंगाहरु रगतले लत्पतिएको छ ।रेग्मीले रवि बजारमा चुरोट, रिचार्ज र डिसहोमको डिलर चलाउँदै आएका थिए । उनको हत्याको कारण लुटपाट हुनसक्ने अनुमान गरिएको छ ।रवि, सप्तमी तथा मौवा क्षेत्रमा अहिले लुटपाट, चोरी र हत्याका घटनाहरु निकै बढिरहेको छ । केही हप्ताअघि मौवामा समेत अनिषा ज्वेलरीमा करिब ११ लाख बराबरको सुन तथा नगद चोरी भएको थियो । दिनदहाडै चोरी, हत्या र लुटपाटका घटना हुँदा समेत प्रहरीको तदारुकता देखिएको छैन ।युवा व्यवसायी दिनेश रेग्मीका हत्याराको खोजी गरी कार्बाही गर्नुपर्ने तथा जनताको सुरक्षामा प्रहरी प्रशासनले विशेष जोड दिनुपर्ने स्थानीयले माग गरेका छन् ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment